Tuesday, July 27

यि हुन् लोकप्रिय नायिका श्वेता खड्काका हुने्वाला पति, हेर्नुहोस् तस्विर

December 4, 2020 435

काठमाडौँ । ‘कहाँ भेटिएला’, कोहुनुर लगायतका चर्चित फिल्मकी नायिका श्वेता खड्काले प्रेमी विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी छिन् । श्वेताले धनगडीका युवा विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने स्रोतले जनाएको छ ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका श्वेता र बिजयेन्द्रले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिजयन्द्रका तर्फबाट छापिएका कार्डहरु पनि आफन्तकोमा पुगिसकेको बताइएको छ । ‘कहाँ भेटिएला’बाट श्रीकृष्ण श्रेष्ठको जोडीको रुपमा नेपाली फिल्ममा डेब्यु गरेकी श्‍वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँगै विवाह गरेकी थिइन् ।

विवाह गरेको पर्सी पल्ट नै श्रीकृष्ण बिरामी परेको र उपचारकै क्रममा साउन २५ मा भारतमा निधन भएपछि उनी लामो समय विक्षिप्त अवस्थामा नै बसिन् । र उनले आँफुलाई ब्यबासय र चलचित्र निर्माणमा ब्यस्त बनाउँदै लगिन् । पछिल्लो समय उनले चलचित्र कान्छी निर्माण गरिन् ।

बिग बोस १४मा धुम मच्चाएपछि चर्चामा आएकी मोडल गौहर खान आँफुभन्दा ११ वर्ष कान्छो ह्याण्डसको प्रेममा डुबिन्,

 

 

प्रतिकृया दिनुहोस्