Friday, July 30

दुवै मृगौला खरावीले बुवा अस्पतालको शैयामा, आमाले दोस्रो बिहे गरेपछि बालबालिकाको बिचल्ली !

December 5, 2020 400

निस्कोट जुवाङ गाउँकी एक महिला काखे बालक र एक छोरीलाई घरमै छोडेर दोस्रो विवाह गरिन् । बैदेशिक रोजगारीमा रहेकै अवस्थामा श्रीमतिले विवाह गरेर अन्यत्रै गएपछि सहाराविहीन बनेका छोराछोरी सम्हाल्न आएका चित्रबहादुर पुनको घर फर्किएको केही महिनामै दुवै मृगौलामा खरावी देखिएपछि उपचारर्थ पोखरामा छन् ।

८० बर्ष नाघेका बृद्ध लालबहादुरले आँखा देख्दैनन् । बुहारीले दूध चुस्ने बालकलाई समेत छोडेर गएपछि लालबहादुरले आफन्त र छिमेकीको सहयोगमा हुर्काउदै आएका छन् । नियमित डायलसिस,औषधि–उपचारकै अभावमा जीवन मरणको दोसाधमा पुगेका चित्रबहादुरलाई छोराछोरीको शिक्षादीक्षामा मात्र होइन, गाँसबासकै समस्या भएको छ ।

३ बर्षिय धिरन, ८ बर्षिया ज्ञानु पुनलाई कापी कलम, खाने अन्न र लगाउने कपडा नहुदाँ समस्या भइरहेको छ ।‘घरको अन्नबालीले खान पुग्दैन,‘यतिबेला छोराछोरीको भोको पेट र शिक्षादिक्षा कसरी गने चिन्ताले सताउन थालेको छ’ मृगौला पीडित चित्रबहादुरले भने ।विदेशमा गएर धन कमाएर घरव्यवहार धान्ने गरेको अवस्थामा आफूँ नै बिरामी भएर फर्किनुपर्ने अवस्थामा कमाएको धन समेत सदुपयोग नहुदाँ छोराछोरीको शिक्षादिक्षामा समस्या भएको उनले बताए । ‘रोग र भोक सहेर सुत्न सकेपनि साना छोराछोरीलाई भोकै सुताउन मनले मान्दैनन्’ चित्रबहादुरले भने ।

उनले बृद्ध बुबाले आँखा नदेख्ने गरेको अवस्थामा बहिनीको सहयोगमा घर रेखदेख गरेपनि छोराछोरीको पढाईको चिन्ताले भोक र निन्द्रा समेत नलाग्ने बताए । ‘जन्म दिएका छोराछोरीलाई हुर्काउने बेलामा रोगले थला परे,‘दुखसुखमा साथ दिने श्रीमतिले पनि छोडेर गईन्’ उनले भने ।

छोरीको पढाई राम्रो भएपनि पढ्ने वातावरण घरमा नभएको बताए । आफ्नो उपचारका लागि स्वदेश विदेशमा रहेका निस्कोटबासीले सहयोग गरेपनि छोराछोरीको शिक्षादिक्षाका लागि कतैबाट सहयोग नआएको बताए । निस्कोटका यूवा भबहादुर पुनका अनुसार स्थानीयले एक बोरा चामल, दुई पोका नुन र तेल दिएपनि सकिने अवस्थामा रहेको बताए । उनले घरको अवस्था देखेर निकै दुख लागेको बताए । दुबै बालबालिकाको शिक्षादिक्षा तथा संरक्षणको अभियान सुरु गरिएको छ । बेनी अनलाइनबाट साभार गरिएको हो।

प्रतिकृया दिनुहोस्