Friday, July 30

अनिताको सबै भन्दा जोखिम अप्रेशन हुदै, अप्रेसन सफल नभए पाएप बाटै जीवनभर सास फेर्नु पर्ने (भिडियो)

December 5, 2020 500

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । पछिल्लो समय टिकटकसंगै युुटट्युबमा पनि यो जोडीलाई देख्न सकिन्छ ।

रेखदेख गर्दैगर्दा अस्पतालकै बेडबाट सबैको मनमा बस्न सफल विनोद एउटा आर्दश श्रीमानको रुपमा चिनिन्छन् । झण्डै डेढ वर्षदेखि श्रीमती अनिताको उपचारकालागी विनोदले अस्पतालको बेड कुरेका छन् । लामो समयको उपचारपछि र सबैको आर्शिबाद अनि सहयोगकै कारण अनिताले पनि आ’त्म बल द’ह्रो बनाएर निको हुँदै थिईन् । तर अ:चानक उनको अ:प्रे’सनको खबरले फेरी एक पटक विनोद र उनकी दिदी निराश छन् ।

यो पनि पढ्नुहोस्: शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्दा गुल्मी धुर्कोटका विनोद खड्का सामान प्याक गर्दै थिए । विनोदको मुहारमा थोरै खुशी झल्किएको थियो ।

कारण– उनकी पत्नी अनिताको घाँटीको अप्रेसन सफल भएको थियो । चिकित्सकले अस्पतालबाट डिस्चार्ज गर्ने अनुमति दिइसकेका थिए । पत्नीको शल्यक्रिया सफल भएकोमा खुशी भएका विनोद सामान प्याक गर्दैगर्दा उदास देखिए ।

अस्पतालबाट डिस्चार्ज भए पनि विनोदले अनितालाई घर लैजान पाउँदैनन् । बसुन्धराको नेचुरोपेथी अस्पतालमा लैजानै छ अनितालाई । गएको नौ महिनादेखि अस्पतालमै बास छ विनोदको । जिन्दगी ठिकैठाक चल्दै थियो। गएको जेठबाट भने सबैकुरा गडबड हुन थाल्यो। बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योजनामा पानी पोखियो।

जेठ २९ गते । सदाजस्तै विनोद खड्का काममा व्यस्त थिए । बेलुका ५ बज्नै लाग्दा पत्नी अनिताले खप्नै नसक्नेगरी टाउको दुखेको भन्दै विनोदलाई फोन गरिन् । अनिताको आत्तिएको आवाज सुन्नासाथ विनोद हतारहतार कामबाट घर फर्के ।

घर फर्कंदा अनिता छटपटाइरहेकी थिइन् । विनोदले भैरहवाको युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा पुर्‍याए । चिकित्सकले ब्रेन ह्यामरेज भएको बताए । तत्कालै अनिताको सोही अस्पतालमा अप्रेसन गरियो । अप्रेसनपछि अनितालाई ४ महिना अस्पतालमै राख्नुपर्ने भयो । ४ महिना राखियो पनि तर त्यसपछि पनि अनितालाई पूर्णरुपमा निको भएन ।

लामो समय भ्यान्टिलेटरमा राख्दा श्वासप्रश्वास नलीमा समस्या देखियो । अनिता दुब्लाउँदै जान थालिन् । असामान्य रुपमा तौल घट्दै ४५ किलोकी अनिताको तौज २५ किलोमा झर्‍यो । ४ महिनाको अस्पताल बसाइमा विनोदले आफूले जीवनभर कमाएको १८ लाख खर्च गरिसकेका थिए । तरपनि अनितालाई सञ्चो हुन कुनै लक्षण देखिएन । त्यत्रो खर्च गर्दा पनि युनिभर्सल मेडिकल कलेजले उपचार सम्भव नहुने बताएपछि उनीहरुलाई अर्को आपत आइलाग्यो ।

आफन्त र चिनजानका मानिसले पनि निरासा जगाइदिने काममात्रै गरे । ‘अनितालाई अब निको हुँदैन, थप प्रयास नगर’ भन्नेहरु धेरै थिए । अनिताको अवस्था झन् बिग्रँदै गयो । उनी अचेतजस्तै बनिन् । अन्ततः विनोदले पनि आफन्तको सल्लाहअनुसार अनितालाई बचाउन सकिने आश गर्न छोडे र गुल्मीमा लगेर बैतरणी कर्म गरे ।

अनिताको दुखाइ बढ्दै गयो । निको नभएपनि बाँचुञ्जेल पीडा नहोस् भनेर विनोदले काठमाडौं ल्याए । अनिता झन् झन् कमजोर बन्दै गइरहेकी थिइन्, हातखुट्टा चल्न छोडेका थिए । अनितालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो । अस्पतालको उपचारले अनिताको स्वास्थ्यमा सुधार आउने केही आशा जगाइदिएको थियो । केही समयको उपचारपपछि अनितालाई थेरापीको आवश्यकता पर्‍यो । उनीहरु काठमाडौं नेचुरोपेथी अस्पताल वसुन्धारा पुगे ।

त्यहाँ पनि पनि विनोद र अनिताले ४ महिना बिताइसकेका छन् । श्वासनलीमा समस्या देखिएपछि विनोदले घाँटीको अप्रेसनको लागि त्रिवि टिचिङ अस्पतालमा लगेका थिए । अप्रेसन सफल भएपछि पुनः नेचुरोपेथी अस्पतालमा फर्कनुपर्ने हुन्छ । अनिताको टाउकोको दिमाग छोप्ने खप्पर अझै भैरहवा अस्पतालमै छ । उनलाई निको भएपछि त्यो राख्न मिल्ने चिकित्सकले बताएका छन् ।

लामो समयको उपचारपछि अहिले पत्नीको स्वास्थ्यमा आएको परिवर्तन देखेर विनोदको अनुहारमा खुशी देखिन थालेको छ । अनिताले पनि हातखुट्टा चलाउन थालेकी छन् भने भेट्न आउने मान्छेहरुसँग मुसुक्क हाँस्छिन् । अडेस लगाइदिँदा २–४ मिनेट बस्न थालेकी छन् । छोरी आहना विनोदकी दिदीसँग काठमाडौंमै बस्छिन् । भर्खर स्कुल जान थालेकी छन् । बिदाको समयमा आमालाई भेट्न अस्पताल पुग्छिन् । विनोदले पनि अनिताको काखमा छोरीलाई सुताइदिन्छन् अनि अनिता मुसुक्क मुस्कुराउँछिन् ।

अनिताको उपचारमा २५ लाखभन्दा धेरै खर्च भइसकेको छ । अहिलेसम्म कमाएको पैसा पत्नीकै उपचारमा सकिएको छ । तरपनि विनोदलाई कुनै लोभ छैन, अनितालाई निको बनाउनमा मात्रै उनले ध्यान दिएका छन् ।

प्रतिकृया दिनुहोस्