Monday, July 26

हुम्लामा बिरामी बोकेको जीप दु’र्घटना, चारको मृ’त्यु, सात जना घा’इते

December 5, 2020 412

हुम्लामा बिरामी बोकेको जीप दु’र्घटना हुँदा चार जनाको मृ’त्यु भएको छ । अन्य सात जना घा’इते भएका छ।

हेप्काखोलाबाट बिरामी लिएर सदरमुकाम सिमकोट फर्कदै गरेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा राति ११ बजेतिर जीप दु’र्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले हुम्लाले जनाएको छ ।दुर्घटनामा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ, उनका श्रीमान ४५ वर्षीय गुरु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन । उनीहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद अहिलेजस्तो चर्को अवस्थामा पुग्नुभन्दा अलि अघि त्यसका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भनेका थिए–“ विगतमा पनि तपाईंले फकाउँदा म मानेकै थिएँ, अहिले पनि मलाई फकाउनुस् न, म फक्किईहाल्छु नि ।”

नेकपामा दौडधूपः प्रचण्डलाई मनाउने प्रयासमा ओली

तर पार्टी सचिवालयको जारी बैठकमा कात्तिक २८ र मंसीर १३ मा दुई अध्यक्षहरुले एक अर्कामाथि ग’म्भीर आ’रोप प्र’त्यारोपसहितको लिखित दस्तावेज पेश गरिसकेपछि भने अवस्था त्यसभन्दा निकै बिग्रिसकेको प्रष्ट हुन्छ । प्रचण्डले ओलीमाथि राष्ट्रियता,सुशासन र भ्रष्टाचारमा चुकेको ग’म्भीर आ’रोप लगाएपछि ओलीले पनि प्रचण्डले पार्टी फु’टाउने नियोजित षडयन्त्रसहित गुटबनदी शुरु गरेको प्रत्यारोप लगाए ।त्यसयता प्रचण्डले विगतमा जस्तो ओलीसंग एक्लै भेट्न छोडिदिएका छन् भने ओलीले पनि आफूलाई पदच्युत गर्न मात्र प्रचण्ड पक्षले बैठक राखेको भन्दै बैठकमै नजाने गर्न थालेका छन् ।

ओली पक्षको अडान छ, प्रचण्डको प्रस्ताव आरोपपत्र मात्रै भएकाले त्यो फिर्ता लिनुपर्छ । अर्कोतर्फ प्रचण्डसहित माधव नेपाल लगायतका नेताहरु बैठकमा पेश भैसकेको दस्तावेजमा बैठकमै छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने पक्षमा छन् । यसरी नेकपाभित्रको विवाद यतिखेर नेताहरुका लागि घाँटीमा अड्किएको हड्डीजस्तै निल्नु न ओकल्नु भएको छ । पार्टी फुटाएर त्यसको अपजसको सामना गर्न पनि दुबै पक्ष नचाहने र पार्टीभित्रै अर्कोलाई सम्मान गरेर सहिष्णुता पनि देखाउन नसक्नु नेकपाभित्रको अहिले देखिएको प्रवृत्तिगत समस्या हो ।

१६ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रचण्डको प्रस्ताव खारेज नगरे बैठक बस्नुको कुनै औचित्य नहुने अभिब्यक्ति दिएपछि अधिकांश सचिवालय सदस्यले उनको आलोचना गरे । भोलिपल्ट पनि उनी बैठकमा सहभागी भएनन् । यसबीचमा बैठक औपचारिक र अनौपचारिक दुबै जारी राख्ने भनेका प्रचण्ड पक्षीय नेताहरुले २० गतेसम्मका लागि बैठक रोके र १८ गतेका लागि निर्धारित स्थायी समिति पनि २१ गतेका लागि सर्यो ।दुबै अध्यक्षका दस्तावेजसहित अहिलेसम्मका सबै कागजात तल्लो कमिटीमा छलफलमा लाने कि सचिवालयबाट संस्लेषण गरेर साझा प्रस्ताव लाने भन्नेमा दुई पक्षबीच मतभेद छ ।

 

प्रतिकृया दिनुहोस्