Thursday, July 29

ट्राफिक पाेष्टमा भेटिएका बालक अभिभावकलाई बुझाईयो

December 5, 2020 290

नुवाकोट, १९ मंसिर । अस्थायी ट्राफिक प्रहरी पाेष्ट गुर्जेले एकजना बालकलाई अभिभावकको जिम्मा लगाएको छ।

साेलुखुम्बु घर भई हाल टाेखा नगरपालिका-३ स्थित बानियाटारमा बस्दै आईरहेका समीर तामाङकाे ९ बर्षिय छाेरा भिम तामाङ एक हप्तादेखि हराईरहेका थिए। आफ्नाे घरकाे बाटाे भलेका बालक तामाङ बुधबार गुर्जे आईपुगेकाे अस्थायी ट्राफिक प्रहरी पाेष्टका ट्राफिक जवान जिवलाल भुसालले जानकारी दिनुभएकाे छ ।

भुसालका अनुसार बेवारिसेपारामा एक्लै बालक देखेपछि आफुले साेधपुछ गर्दा बालकले आफ्नाे घर र आफू बस्ने स्थान भुलेर उहाँ आईपुगेकाे जानकारी प्राप्त हुदाँसाथ बिभिन्न माध्यमवाट बालककाे खाेजि उद्वारकालागि गुर्जेमा सम्पर्क गर्न आग्रह र सुचना दिए प्रश्चात आज बालकलाई उसको अभिभावकलाई बुझाईएकाे बताउनुभयाे।

 

 

प्रतिकृया दिनुहोस्