Tuesday, July 27

ग्याँस गिजरमा नुहाउन पसेका दिदि बहिनी बेहोश

December 6, 2020 327

ग्याँस गिजरको तातो पानीमा नुहाउन बाथरुम छिरेका दिदि बहिनी बेहोश भएका छन् ।

पोखराको नदीपुर निवासी उनीहरु नुहाउन पसेको केही समयमा आत्तिएजस्तो आवाज आएपछि बाथरुमबाट निकाल्दा बेहोश अवस्थामा फेला परेका थिए ।

उनीहरुलाई तत्काल गैह्रापाटनस्थित फिस्टेल अस्पताल पु¥याइएको थियो । त्यहाँ अक्सिजनमा राखेपछि अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

८ र १२ वर्ष उमेरका उनीहरुलाई थप उपचारार्थ अहिले भर्खरै त्यहाँबाट मणिपाल अस्पतालतर्फ लगिएको छ ।

बच्चाहरुलाई सघन उपचार गर्न आवश्यक पर्ने पेडिएट्रिक इन्टेन्सिभ केयर ‘पीआइसी’ फिस्टेलमा नभएकाले मणिपाल पठाइएको अस्पतालले जानकारी दिएको छ ।

पीआइसीमा राखे थप खतरा नहुने भएकाले मणिपाल अस्पताल रिफर गरिएको हो ।

प्रतिकृया दिनुहोस्