Friday, July 30

डोटीमा जिप दुर्घटनाः वडा सचिवसहित एकै परिवारका ३ गरी ४ जनाको मृत्यु

December 6, 2020 281

धनगढीः डोटीमा जिप दुर्घटना हुँदा मृतकको संख्या ४ पुगेको छ ।

आइतबार राति डेढ बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका ७ मा दुर्घटना हुँदा मृतकको संख्या ४ पुगेको हो । भने ४ जना घाइते भएका छन् । दुुर्घटनामा ज्यान गुमाउनेमा बैतडी घर भएकी डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ की वडासचिव (नासु) २८ वर्षीया मन्जु त्रिपाठी, उनको ३ वर्षे छाेरा मनिष अवस्थी र सासु आमा डम्मरी अवस्थी रहेकी छन् ।उपचारको लागि दिपायल लैजाने क्रममा त्रिपाठीको छोराको मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्शिलाले दिनेशखबरलाई जानकारी दिए । घटना स्थलमै रहेका अध्यक्ष गड्शिलाका अनुसार सो घटनामा परेर बोगटान फुड्सिल गाउँपालिकामै कार्यरत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको कृषि प्राबिधिक हरि भट्टको पनि मृत्यु भएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्