Monday, July 26

मकवानपुरमा एक पुरुषको शव फेला

December 6, 2020 329

हेटौंडा – मकवानपुरमा एकजना पुरुषको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ स्थित सनोट कोलोनिको प्लटिङको पिच सडक छेउमा शनिबार अन्दाजी ४५/५० वर्षीया एकजना पुरुषको शव भेटिएको हो ।

शवको पहिचान हुन सकेको छैन । प्लटिङको पिच सडक छेउमा शव देखेपछि स्थानीयले प्रहरी खबर गरेका थिए । मृतकको हुलिया बर्ण गँहु गोरो, शरिर पातलो, बाहुन क्षेत्री जस्तो देखिने, कपाल छोटो रहि अगाडी हल्का फुलेको, हल्का जुँगा पालेको, लाम्चो अनुहार, उचाई ५ फिट ५ ईन्च, हल्का पहेँलो रंगको फुल बाउले हुक र खैरो रंगको कपडाको पाईन्ट लगाएको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको र पहिचानको प्रयास भैइरहेको प्रहरीले जनाएको छ । चिन्नुहुने जो कोहिले नजिकैको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको फोन नं. ९८५५०९०१५० मा सम्पर्क गरी जानाकारी गराउन अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस्