Monday, July 26

बाँकि क्रान्ति सक्न्ने जिम्मेवारी रहेकाले नेकपा छोड्न लागेको हुँ : प्रचण्ड

December 7, 2020 767

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। आइतबार बसेको स्थायी कमिटीको बैठकमा प्रचण्ड गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताए।

‘पदभन्दा महत्वपूर्ण गणतन्त्र र पार्टी एकता हो। आवश्यक परे जो कसैले पनि त्याग गर्न तयार हुनुपर्छ। हामीले ल्याएको परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने विषयमा को अध्यक्ष हुने भन्ने ठूलो होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘हामी छँदै नेकपाको नेतृत्वमा नयाँ पुस्तालाई ल्याउन म अध्यक्ष छोड्न तयार छु।’

बैठकमा अध्यक्ष प्रचण्डले नेकपासामु समाजवादको तयारीको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका थिए। समाजवादी क्रान्तिको तयारीका निम्ति सिंगो पार्टी एकढिक्का भएर लक्ष्यमा अघि बढ्नुपर्नेमा उनको जोड थियो। प्रचण्डले आफूहरु कुनै आवेश र उत्तेजनामा नआई पार्टी एकताको रक्षाका निम्ति सक्रिय भएको पनि बैठकमा जानकारी दिएका थिए।

बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले दुवै अध्यक्षद्वारा प्रस्तुत प्रस्तावमाथि गम्भीर छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताएका थिए। पार्टीको संकट समाधानका लागि स्थायी समितिको बैठक कोशेढुंगा हुने पनि उनले विश्वास व्यक्त गरेका छन्। बैठकमा प्रचण्डले डेढ घण्टा लामो सम्बोधन गर्दै पार्टीभित्रको संकट र यसको समाधानबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।

बैठकपछि स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अध्यक्ष दाहालले पार्टी एकतामै जोड दिएको जानकारी दिए। एकताको विकल्प एकता नै हो भनेर प्रचण्डले भनेको पनि गजुरेलले जानकारी दिए। आज बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए। मंसिर २८ गते फेरि बस्ने गरी आजको बैठक सकिएको छ।

हुम्ला- हुम्लामा बिरामी बोकेको जीप दु’र्घटना हुँदा चार जनाको मृ’त्यु भएको छ । अन्य सात जना घा’इते भएका छ।

हेप्काखोलाबाट बिरामी लिएर सदरमुकाम सिमकोट फर्कदै गरेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा राति ११ बजेतिर जीप दु’र्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले हुम्लाले जनाएको छ ।दुर्घटनामा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ, उनका श्रीमान ४५ वर्षीय गुरु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन । उनीहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद अहिलेजस्तो चर्को अवस्थामा पुग्नुभन्दा अलि अघि त्यसका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भनेका थिए–“ विगतमा पनि तपाईंले फकाउँदा म मानेकै थिएँ, अहिले पनि मलाई फकाउनुस् न, म फक्किईहाल्छु नि ।”

 

प्रतिकृया दिनुहोस्