Friday, July 30

रमेश र नन्दा बैवाहिक जीवनमा बाँधिए, बधाई दिन पुगिन् कल्पना ! साथमा ज्ञानेन्द्र शाही यो हेर्नुस

December 7, 2020 794

आफ्ना तार्किक अ, भिव्यक्तिका कारण सामाजिक सञ्जालहरूमा सधैँ चर्चामा रहने रमेश प्रसाईँ वैवाहिक स, x म्बन्धमा बाँधिँएका छन् । उनले आज सामाजिक अभियन्ता नन्दा सिंहसँग लगन गाँठो कसेका हुन् ।

कालिकोटकी सिंहसँग प्रसाईँको विवाह हुन् लागेको हो । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । २५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् । स्नातक तह सम्ममा अध्ययन गरेकि नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् ।

नन्दा अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् ।

उनले काठमाडौंको कपनस्थित १२ जना बालबालिकालाई आश्रय दिएकी छन् । यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मु, द्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् ।

उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् । रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

प्रतिकृया दिनुहोस्