Monday, July 26

बेहुली लिन जाँदा यसरी भब्य गाडीमा चढेर गएका थिए रमेश प्रसाई

December 7, 2020 634

धरान । चर्चित वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह वैवाहिक बन्धनमा बाधिएका छन । आज उनको कालिकोट घर भई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा विहे भइरहेको छ ।मेचीनगर–१० काँकरभिट्टास्थित निवासमै आज बेहुली भित्राउँदै छन् । आज विहान ९ बजे काँकरभिट्टाबाटै ३ वटा गाडीमा जन्ती लिएर उनी धरान गएका थिए ।

बेहुलीलाई उनले काँकरभिट्टाकै घरमा आज बेलुका भित्राउने छन् ।धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा हो । घरमा बुवा, आमा र भाइवहिनीहरु बस्दै आएका छन् । जन्ती थोरै संख्यामा गएका छन् । विहेको वैदिक विधि पूरा गर्नका लागि काँकरभिट्टास्थित आफ्नै छिमेकी पण्डित हेमन्त अधिकारीलाई धरान लगिएको छ ।

जन्ती जाँदा लगाएको दौरा, सुरुवाल, कोट र टोपीमा उनी निकै खुलेका थिए, साह्रै सुहाएको थियो । निकै हतारमा रहेका उनीसँग फोटो खिचाउन भीड लागेको थियो । अपरान्ह सवा १ बजे जन्ती टोली विहेस्थलमा पुगेको छ । धरान उद्योग वाणिज्य संघको हलमा वैवाहिक कार्यक्रम राखिएको छ । वेहुली नन्दा सिंह काठमाडौंबाट विहेका लागि धरान आएर आफन्तको घरमा बसेकि थिइन ।समसामयिक विषयमा खरो रुपमा बोल्ने प्रसाईको परिचय पछिल्लो समय गायकका रुपमा बनेको छ।

 

प्रतिकृया दिनुहोस्