Tuesday, July 27

४ बर्षिय छोरी आशिफा पैशा अभावले मृत्युसँग लड्दै , सक्नुहुन्छ सहयोग गर्नुहोस् सकिदैन भने सहयोगी मनसम्म पुराउन शेयर गर्नुहोस्

December 8, 2020 347

भीरकोट नगरपालिका- २ स्थाई घर भई हाल अस्थायी रुपमा भरतपुर २ चीतवन बस्दै आउनु भएका अब्दुल करिम मियाँ को चार वर्षीय छोरी आशिफा करिम मियाँ जन्डीस बिग्रेको कारणले लामो समय देखी मस्तिष्क मा असर पर्न गएको छ।चितवन निवासी बुवा अब्दुल करिम मिया र आमा रोजिना करिम मिया कि ४ बर्षिय छोरी आशिफा खान जन्मिदा नर्मल जन्मिएको र जन्मेको केही दिन पछि जण्डिस लेवल एक्दमै बडेको हुनाले उपचारको क्रममा जण्डिस झनै बिग्रेर ब्रेनको बिकास हुन नसकेको र त्यसपछी अहिले ४ बर्षको पुग्दा हातखुट्टा राम्ररी नचल्ने,हिड्न बोल्न नसक्ने,टाउको र जिउँ धान्न नसक्ने भएकी छिन।उपचारका लागि रु.२५ लाख खर्च लाग्ने तर घरमा आर्थिक स्तिथी एकदमै नाजुक अवस्था भएको कारणले रकम जम्मा हुन नसकेको हुनाले यहाँहरु समक्ष केही सहयोगको अपेक्षा का साथै हार्दिक अपिल गर्दछौं। थोपा थोपा मिलि सागर बनेझै तपाईको सानो सहयोगले नानिको उपचारमा धेरै मद्दत मिल्नेछ।

प्रतिकृया दिनुहोस्