Friday, July 30

गृहमन्त्री राम बहादुर थापा (बादल) का पुत्रले विवाह गरे

December 9, 2020 827

गृहमन्त्री राम बहादुर थापा (बादल) का पुत्र प्रतिक थापाले विवाह गरेका छन् ।

प्रतिकले हिन्दु परम्परा अनुसार विवाह गरेको तस्विर बाहिरिएको छ । थापाले डा. जेनी पुनसँग विवाह गरेका हुन् ।

गृहमन्त्री थापाका छोरा तथा निजी सचिव प्रतिक थापाले पोखराबाट बुद्ध एअर चढाएर काठमाडौंमा बेहुली भित्र्याएका हुन् । दुलही लिन मन्त्रीका बाउ-छोरा जहाजमै गएका थिए ।

गृहमन्त्री थापाका स्वकिय सचिव समेत रहेका प्रतिक जनयुद्धकालमा देहरादुनमा बसेर पढेका थिए ।

बाबु भूमिगत भएपनि छोरा प्रतिक भने यु-द्धकालदेखि नै अध्ययनमा लागेका हुन् । जनताका छोराछोरीलाई बन्दुक बोक्न लगाउँने तर आफ्ना छोराछोरीलाई भने अन्यन्त्र पढ्न पठाउने भन्दै बादलको आलोचना समेत हुने गरेको छ । यसरी आलोचना हुनेमा सरकाद्वारा प्रतिवन्धित विप्लव समूह पनि हो । नेत्रविक्रमचन्द विप्लवका छोरा नेपालमै पढेर डाक्टर भएका छन् ।

क्याबिनेट मन्त्रीहरूमध्ये स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोराले पनि दुलही भित्र्याएका छन् ।

मंसिर २२ गतेदेखि देखि सासु ससुरा र सम्धी सम्धिनी बनेका ढकाल र श्रीमती इन्दिराको बिबाह २०४९ सालमा स्वर्गीय मनमोहन अधिकारीको प्रमुख आतिथ्य र मदन भण्डारीको उपस्थितिमा भएको थियो ।

उता, धरानमा रमेश प्रसाईं र गोकर्णमा श्वेता खड्काले पनि यही मेसोमा मंसिरको बाजा बजाएका छन् ।

 

प्रतिकृया दिनुहोस्