Friday, July 30

Breaking… हेलिकप्टर दु’र्घटना हुँदा पाँच जनाको मृ’त्यु

December 9, 2020 407

एजेन्सी– फ्रान्समा हेलिकप्टर दु’र्घटनाबाट पाँचजनाको मृत्यु भएको छ ।फ्रान्सेली अल्पस्मा हेलिकप्टर दु’र्घटना हुँदा ५ जनाको मृ’त्यु भएको हो।एक निजी कम्पनीको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दु’र्घटना भएको बीबीसीले उल्लेख गरेको छ ।

उद्धारका लागि गएको हेलिकोप्टर दु’र्घटना हुँदा ६ मध्ये ५ जनाको मृ’त्यु भएको हो । दु’र्घटनाको कारण खुलेको छैन । खराब मौसमले दु’र्घटना भएको हुने अनुमान गरिएको छ ।

हुम्ला- हुम्लामा बिरामी बोकेको जीप दु’र्घटना हुँदा चार जनाको मृ’त्यु भएको छ । अन्य सात जना घा’इते भएका छ।

हेप्काखोलाबाट बिरामी लिएर सदरमुकाम सिमकोट फर्कदै गरेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा राति ११ बजेतिर जीप दु’र्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले हुम्लाले जनाएको छ ।दुर्घटनामा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ, उनका श्रीमान ४५ वर्षीय गुरु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन । उनीहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद अहिलेजस्तो चर्को अवस्थामा पुग्नुभन्दा अलि अघि त्यसका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भनेका थिए–“ विगतमा पनि तपाईंले फकाउँदा म मानेकै थिएँ, अहिले पनि मलाई फकाउनुस् न, म फक्किईहाल्छु नि ।”

 

प्रतिकृया दिनुहोस्