साउन १४, २०७७ काठमाडाैं : सरिता गिरीको ठाउँमा सांसद बनेकी लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ खाएकी छन्। सभामुख अग्नि सापकोटाले आज बुधबार एक बजे संघीय संसदको सचिवालयस्थित कृषि समितिको हलमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य सिटौलालाई सपथ ग्रहण गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। ललितपुर महानगरपालिका-१३ की सिटौलालाई समाजवादी जनता पाटीले सांसद बनाउनको लागि संसद सचिवालयलाई सिफारिस गरेको थियो। समाजवादी पार्टीले कालापानी, लिपुलेक समेटिएको नक्सा संसदमा पास गर्ने बैठकमा पार्टीले ह्वीप लगाएपनि उनले ह्वीप मानेकी थिइनन्। पछि उक्त पार्टीले राष्ट्रियताको विरुद्ध लागेको भन्दै पार्टीको साधारण सदस्यबाट र सांसद पदबाट हटाउने निर्णय गरी संसदलाई जानकारी गराएको थियो। निर्वाचन आयोगले पनि गिरीको नाम हटाएको थियो।
July 29, 2020 122
प्रतिकृया दिनुहोस्