सशस्त्र प्रहरीलाई सेनाले दियो ६ सय थान इन्सास राइफल

July 29, 2020 360

साउन १४, २०७७ काठमाडौं : नेपाली सेनाले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीलाई ६ सय थान इन्सास राइफल हस्तान्तरण गरेको छ। माओवादी सशस्त्र युद्धका क्रममा सेनाले यी इन्सास राइफल भारतबाट किनेर ल्याएको थियो। सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि सहयोग पुर्‍याउन ती इन्सास राइफल उपलब्ध गराइएको सेनाका प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेल जानकारी दिएका छन्। सेनाले राज्यको सुरक्षा सबैको दायित्व भएको जनाउँदै सीमामा खटिएका सशस्त्र प्रहरीलाई उपलब्धत गराउन ती हतियार दिइएको जनाएको छ।

प्रतिकृया दिनुहोस्