Friday, April 23

पहिरो पिडितलाई सहयोग गर्न राहत लिएर लमजुङ पुग्यो इन्द्रेणी

July 29, 2020 677

काठमाडौं १४ साउन / मर्स्याङ्दि गा. पा . वडा नं ३ तरापुको पल्लोटारि लमजुङ मा ५ ,६ र ७ गते आएको अबिरल बर्षाका कारण ८० घर भन्दा पनि बढि घरपरिवार विस्थापित साथै २१ घर पुर्ण क्षति भएका परिवारका लागी सहयोग सहित इन्द्रणी टिम र प्रमुख जिल्ला अधिकारि कृष्ण प्रसाद शर्मा प्रहरी नायब उपरिक्षक गगां बहादुर थापाको सहकार्यमा तरापु पुगेको छ ।

विस्थापितहरुलाई अहिले तरापुको विभिन्न सामुदायिक भवन, स्थानीयको घरमा बसोबासको व्यवस्थाका साथै खाना र लत्ताकपडाको व्यवस्था मिलाइएको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो ।

इन्द्रेणी टिमले यसअघि पनि सिन्धुपाल्चोक बाढीपहिरो पीडितलाई ४ लाख बराबरको नगद सहयोग गरेका थिए भने म्याग्दीमा पुगेर पनि राहत वितरण गरि राजधानी फर्किएका थिए ।

प्रतिकृया दिनुहोस्