Tuesday, May 11

वीरगञ्‍जमा कोरोना संक्रमित ६८ वर्षीय पुरूषको मृत्यु

July 29, 2020 118

साउन १४, २०७७ पर्सा : वीरगन्जमा अर्का कोरोना संक्रमितको ज्यान गएको छ। बुधबार बिहान एकजना ६८ वर्षीय पुरुषको कोभिड-१९ संक्रमणबाट ज्यान गएको हो। नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना रहेका वीरगन्जको रेशमकोठी निवासी ६८ वर्षीय सुनिल विश्‍वाको बिहान पौने ११ बजे मृत्यु भएको हो। उनी ६ दिनदेखि आइसोलेसन वार्डमा उपचररत थिए। उनलाई सुरुमा एड्भान्स अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई गण्डक अस्पतालमा सारिएको थियो। विश्‍वामा मधुमेह र मुटुको समस्या रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको नारायणी अस्पतालले जनाएको छ। पर्सामा हालसम्म एकजना भारतीय नागरिकसहित ६ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्