Thursday, May 13

स्पेनमा फेरि फैलियो कोरोना संक्रमण, एकै दिन थपिए २ हजार बढी संक्रमित

July 30, 2020 206

काठमाडौँ – ४ महिनाअघि कोरोना भाइरसको केन्द्र बनेको स्पेनमा संक्रमण नियन्त्रणमा आएर पनि फेरि फैलिएको छ ।

दोस्रो लहरको संक्रमण फैलिएपछि फेरि सर्वसाधारणमा त्रास फैलिएको छ । स्पेनमा बिहीबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ हजार ३१ जना संक्रमित भएका छन् । यसमध्ये ६१७ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यो स्पेनमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २८ हजार ४४१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्