Friday, April 23

रक्षाबन्धन बाँधिदिन घरघरमा गए पण्डितलाई २७ दिन क्वारेन्टीनमा राखिने !

July 30, 2020 425

काठमाण्डौ – यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ । ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरूमा झैं यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले बताए ।

यही साउन १९ गते परेको रक्षाबन्धनको दिन कोही पनि ब्राह्मण धागो बाँध्नका लागि कसैको घरमा जान नपाइने निर्णय गरिएको हो । यसपालिको रक्षाबन्धनमा घरमै दिदीबहिनी, छोरीचेलीले दाइभाइलाई रक्षाबन्धन बाँध्न भनिएको छ ।

ज्योतिष परिषद्ले गरेको यो निर्णयको अटेरी गर्दै कोही कसैको घरमा गएर धागो बाँध्ने काम गरेमा उक्त व्यक्तिलाई २७ दिन क्वारेन्टीनमा राखिने परिषद्का अध्यक्ष उपाध्यायले बताए ।रुकुमका जिल्लावासी सबैलाई यसपालिको रक्षाबन्धन घरमै धागो बानेर मनाउन आग्रह गरेको सिस्ने गाउँपालिका–६ का वडाध्यक्षसमेत रहेका परिषदका सदस्य सुधन रेग्मीले बताए ।

रक्षाबन्धन हिन्दू धर्मालम्बी मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो । जिल्लाका तीनवटै गाउँपालिकाका ब्राह्मण समुदायका टोलीले छलफल गरी गरेको यस निर्णयलाई सबैलाई पालना गर्न आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्