Wednesday, April 21

मुद्दा हाल्ने भुवन केसीलाई साम्राज्ञीको जवाफ ‘मैले साँचो बोलेकी छु, तपाईसंग डराएकी छैन’ (भिडियो हेर्नुस्)

July 30, 2020 175

काठमाडौं । सामाजिक सञ्जालमा चलिरहेको अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाह अहिले अदालतमा पुगेको छ । भुवनले साम्राज्ञी विरुद्ध १० करोड क्षतीपुर्ती माग दावी गर्दै आफ्नो मानहानी भएको आरोप सहित मु द्दा दर्ता गराएका छन् । गत साता अभिनेता भुवन केसी मु द्दा दर्ता गराएका हुन् । साम्राज्ञी भने यतिन्जेल चुप वसेकी थिइन् । भुवनले मु द्दा दर्ता गराएपछि साम्राज्ञीले पहिलो पटक यसवारे प्रतिकृया सार्वजनिक गरेकी छन् ।

उनले आफुले भोगेको कुरा बोलेको हुँदा १० करोडकै माग सहित मु द्दा दर्ता गरे पनि आफु नडराउने बताएकी छन् । साम्राज्ञीले आफु माथि दु ब्र्य वहार भएको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन् । उनले आफ्नो ब्यक्तिगत रुपमा प्रयोग गर्ने सामाजिक सञ्जाल फेसवुक मार्फत भिडियो सार्वजनिक गर्दै आफुले भोगेको दु ब्र्य वहारका बारेमा बोलेकी थिइन् । त्यसपछि भुवन र साम्राज्ञीबीच सामाजिक सञ्जालमै आरोप प्रत्यारोप चलेको थियो ।

साम्राज्ञी आफ्नै ह्याण्डलवाट आफ्ना कुरा राख्दै आइन् भने भुवनले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानल मार्फत त्यसको खण्डन गर्दै गएका थिए । भुवनले चलचित्र कलाकार संघमा पनि छानविनका लागि उजुरी दिएका थिए । तर त्यसवाट समाधान हुन नसकेपछि उनी अदालत पुगेका हुन् । भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मु द्दा दर्ता गरेका थिए।

साम्राज्ञी भने मु द्दै परे पनि आफूले काम गर्दा भोग्नुपरेका दुुर्व्युवहारबारे बोलेर गल्ती नगरेको र आफू कत्ति नडराएको प्रतिकृया दिएकी छन् । एक अनलाईन संग कुरा गर्दै उनले भनिन्, ‘आफू काम गर्न जाने ठाउँमा सहज वातावरण होस् भन्ने सबैको अपेक्षा हुन्छ। मलाई भने डेब्यु फिल्मको सेटमै निर्मातामध्ये एक भुवन केसीले गर्ने व्यवहारले असहज बनाएको थियो। आफूले भोगेका दु र्व्य वहार र असहज परिस्थितिबारे बोलेर मैले गल्ती गरेकी छैन, १० करोडकै मु द्दा दिनुभएको छ। तर म डराउँदिनँ। केही समयअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्रामु मा भिडिओ पोस्ट गर्दै उनले आफूले काम गरेका आठ फिल्ममध्ये तीन वटामा नराम्रो अनुभव भोग्नुपरेको बताएकी थिइन्।

प्रतिकृया दिनुहोस्