स्वास्थ्यकर्मी, सेना र प्रहरी सहित ३३ जनामा कोरोना पुष्टि स्थानियमा बढ्यो त्रा’स

July 30, 2020 223

वीरगन्ज । बीरगन्ज लगायतका स्थानमा दिनहुँ कोरोना संक्रमितको संख्या बढेको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले प्रतिष्ठित ब्यक्तिहरु पनि प्रभावित भएका छन् । पर्सामा बुधबार राती स्वास्थ्यकर्मी, प्रहरी, सेनासहित थप ३३ जनामा कोरोना पुष्टि भएको छ ।

सुरक्षा निकाय र चिकित्सकमा पनि फैलिएको कोरोनाले स्थानियमा त्रा स बढाएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट (मेसु) मदन उपाध्यायले दिएको जानकारी अनुसार बुधबार राती २५ जना पुरूष र ८ जना महिला गरी ३३ जनामा कोरोना पुष्टि भएको छ । जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण छन् ।

तीमध्ये नारायणी अस्पतालका ९ जना स्वास्थ्यकर्मी र १ जना एम्बुलेन्स चालकमा कोरोना पुष्टि भएको हो । यस्तै ३४ वर्षीय २ जना नेपाली सेनाका, २४ वर्षीय एकजना नेपाल प्रहरीमा पनि कोरोना पुष्टि भएको छ ।

बुधबार राती वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का ३ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ८ का २ जना , वडा नम्बर १ , २ , ३ , १५ , १६ र २३ का १÷१ जना तथा पर्साकै पटेर्वासुगौली ५ का ३ जना र जगरनाथपुर गाउँपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएको हो ।

यसअघि बुधबार बिहान ३४ र साँझ १७ जनामा कोरोना पुष्टि भएको थियो ।बधुबार एकैदिन पर्सामा ८४ जनामा कोरोना पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए । योसँगै पर्सामा संक्रमितको संख्या ३ सय ५६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्