Monday, August 2

रोजगारीको अवसर, तलब २ लाख ८२ हजारसम्म, सेवा शूल्क ३० हजार मात्रै, जानकारी यस्तो छ

December 23, 2020 12424

वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।नेपालको अक्सन इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो । सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ ।

खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ । ओभर टाईम सुविधा, वार्षिक बिदा कम्पनीको नियमानुसार हुने जनाइको छ ।

सम्बन्धित काममा ३ वर्षको अनुभव हुनेले डिमाण्डमा आवेदन दिन सक्ने म्यानपावरले जनाएको छ । स्वदेशमा गरिने मेडिकलको शुल्क, म्यादी जीवन बीमाको प्रिमियम, अभिमुखीकरण शुल्क र भिसा स्ट्याम्पीङ्ग शुल्क वापतको रकम कामदार आँफैले व्यहोर्नुपर्ने म्यानपावरले जनाएको छ ।विदेशमा गर्ने मेडिकलको खर्च, भिसा शुल्क, हवाई टिकट, रोजगारमा हुने बीमा बापतको प्रिमियम शुल्क सबै रोजगारदाता कम्पनीले व्यहोर्ने जनाइएको छ ।डिमाण्डमा माग गरिएका पदहरुको लागि मंसिर १३, २४ र २५ गते म्यानपावर कार्यालय काठमाडौमा हुनेछ ।वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी यस्तो छ *****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्