Thursday, April 22

महाकाली नदीमा खतराको सङ्केत,तटिय क्षेत्रमा सचेत रहन आग्रह

July 30, 2020 545

डडेल्धुरा, १५ साउन- मङ्गलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । अत्यधिक वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी जलस्तरमापन केन्द्र परीगाउँले सचेत गराएको छ ।

आज बिहान ११ः०० बजे महाकाली नदीमा जलस्तर ६.५ मिटर पुगेको मापन केन्द्रले जनाएको छ । महाकाली नदीमा पानीको जलस्तर ५.८० भन्दा बढी भयो भने चेतावनीको सङ्केत मानिन्छ । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरसहित चुरे क्षेत्रमा परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा नजान जलविज्ञान र मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान शाखाका अनुसार जलस्तर सात मिटर पुग्दा जोखिम हुने गर्दछ । यस्तै शाखाले पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेका कारण पानीको बहाव बढ्ने सङ्केत देखिएकाले नदीको तटिय क्षेत्र र डुबान भइरहने होचा क्षेत्रमा बसोबास गर्नेलाई सचेत रहन आग्रह गरेको छ । (रासस)

प्रतिकृया दिनुहोस्