Tuesday, May 11

निर्मला पन्त घटनामा एसपी सहित ८ प्रहरीका सम्बन्धमा अदालतले गर्यो यस्तो फैसला

July 30, 2020 224

महेन्द्रनगर । कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा प्रमाण मेटाएको आरोप लागेका एसपी सहित ८ प्रहरीलाई अदालतले सफाइ दिएको छ । निर्मलाको क’रणी पछि ह त्या भएको थियो । सो घटनामा एसपी सहित ८ जनालाई घटनाको प्रमाण नष्ट पारेको आरोप लागेको थियो । कञ्चनपुर जिल्ला अदालतले उनीहरुलाई सफाइ दिएको हो । विहिवार अदालतले ८ प्रहरीलाई सफाइ दिएको छ ।

निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट गरेको र हिरासतमा या’तना दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, प्रहरी नायव उपरीक्षकद्वय अंगुर जिसी (तत्कालीन सिआईबी), डीएसपी ज्ञानबहादुर सेठी (तत्कालीन जिल्लाका डीएसपी), प्रहरी निरीक्षकद्वय एकिन्द्रबहादुर खड्का र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट (तत्कालीन वडा प्रहरी इञ्चार्ज), प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मु’द्दा लागेको थियो ।

निर्मलाको दुई वर्ष अघि ब ला त्कार पछि ह त्या भएको थियो । उनको शव उखुबारीमा फेला परेको थियो । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल घटनाको अनुसन्धान टुंगोमा पुर्‍याएर दोषीलाई दण्डित गर्न सफल भएनन्।

२९ माघ २०७६ मा नेपाल प्रहरीको २७ औं महानिरीक्षक बनेका ठाकुरप्रसाद ज्ञवालीले करिब ५ महिनाको कार्यकालमा उक्त मु’द्दाको फाइलसमेत खोल्न सकेनन्।
यद्यपि आईजीपी नियुक्त भएर पदभार ग्रहण गरेकै दिन उनले निर्मला पन्त ह’त्या प्र’कर’णको अनुसन्धान टुंगोमा पुर्‍याउने वचन दिएका थिए।

त्यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा एसएसपी हुँदा ज्ञवालीले कञ्चनपुर पुगेर पनि अनुसन्धान गरेका थिए। घटनाको अनुसन्धान निष्कर्षमा पुर्‍याउन वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्रीले विशेष चासो लिएका छन्।

प्रतिकृया दिनुहोस्