काठमाडौं -बहुचर्चित फिल्म ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीको परिवारमा पनि कोरोना छिरेको छ । राजामौलीले आफ्नो परिवारका सदस्यलाई कोरोना संक्रमण भएको ट्वीटरमार्फत पुष्टि गरेका छन् । ट्वीट मार्फत आफ्नो परिवारलाई केही दिनदेखि हलुका ज्वरो आएको र परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् । नेगेटिभ आएको बताएका छन् ।
उनको परिवारलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि कलाकार तथा प्रशंसकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् भने संक्रमित परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा नै चिकित्सकको निगरानीमा राखेर अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको छ ।
पछिल्लो दिनमा भारतमा अमिताभ वच्च, अभिषेक, ऐश्वर्या, लगायतका चर्चित कलाकारहरुमा कोरोना संक्रमणको पुष्टि भएको थियो । जसमध्ये ऐश्वर्या र उनकी छोरीले कोरोनालाई नितेर घर फर्किसकेका छन् भने अमिताभ र अभिषेक उपचाररत छन् ।
प्रतिकृया दिनुहोस्