Saturday, July 31

बिश्वकै पहिलो यो कुकुर जो कोरोनाका कारण मृत्यु भयो

July 31, 2020 454

काठमाडौं । मानिसमा मात्र फैलिएको कोरोनाका कारण पहिलो पटक कुकुरमा सरेको कोरोनाले कुकुरको निधन भएको छ । अमेरिका कोरोना भाइरसकोबाट बाट पहिलो पटक कुकुरको निधन भएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा खाता भएकी नताशा डालीले कोरोनाका कारण कुकुर मरेको कुरा सार्वजनिक गरेकी छन् । अमेरिका कोभिड १९ बाट जर्मन शेपर्ड बडी नाम गरेको कुकुरको निधन भएको हो ।

नताशा न्याट जियोमाकी सम्पादक हुन् भने उनि बिशेष जनावरहरुको कल्याण, संरक्षण र शोषण सम्बन्धि बिषयमा कलम चलाउछिन । उनले बडीको बारेमा उस्ले गर्ने गतिबिधिको संक्षेपमा चर्चा गर्दै के भएको भनि उल्लेख गरेकी छिन ।

गत मध्ये अप्रिलमा उसको सातौ जन्मदिनमा उसलाई स्वास फेर्न समस्या भएको थियो । ७ वर्षको कुकुरलाई श्वास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो । उसलाई कोरोना पुष्टि भएको थियो । कोरोना लागेको ६ हप्ता पछि बडी अमेरिकामा कोरोना भाइरसवाट निधन भएको हो । जुलाई ११ का दिन उसको मृत्यु भएको बताइएको छ ।

बडीलाई लिम्फोमा थियो (एक प्रकारको अबुर्द रोग (क्या न्स र) भएको थियो । कोरोनाका कारण निधन हुनु अघि उसमा सोही रोगको लक्षण देखिएको पनि उनले जानकारी दिएकी छन् । अहिले सम्म बडीको परिचय उनलाई कोरोना पुष्टि भएको कुरा, उपचार र उसको निधनको समाचार सार्वजनिक भएको थिएन ।

प्रतिकृया दिनुहोस्