Tuesday, May 11

प्रहरी प्रधान कार्यालयमा फेरी थपिए २८ जना कोरोना संक्रमित प्रहरी

July 31, 2020 203

काठमाडौं । बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले ओएस नेपालसँग कुराकानी गर्दै बिहिबार साँझ र शुक्रबार बिहानको रिर्पोटमा थप २८ जनामा संक्रमण पुष्टि भएको बताए ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जनामा संक्रमणको पुष्टि भएको उनले बताए । हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा समुदायमा नै संक्रमण फैलिएको आशंकाकाबिच काठमाडौँमा बिहिबार मात्रै ४१ जनामा संक्रमण पुष्टी भएको थियो ।

प्रतिकृया दिनुहोस्