Tuesday, May 11

६ महिनाअघि चीनमा मृत्यु भएका पुष्करको शब नेपाल ल्याइयो

July 31, 2020 420

काठमाडौं-चीनमा ६ महिनाअघि मृत्यु भएका नेपालीको शव न‍ेपाल ल्याइएको छ । चिनको वुहानमा कोरोनाका कारण लकडाउन भएपछि होटलका ‘सेफ’ पुष्कर खड्काको शवलाई नेपाल ल्याउन सकिएको थिएन् ।

उनको शब शव अस्पतालमै रहेको थियो । वुहानस्थित इण्डियन मार्का होटलमा काम गर्ने दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको जनवरी १९ तारिख राति आफू बसेकै होटलमा मृत्यु भएको थियो ।

दूतावासको समन्वयमा वुहानबाट मृतक खड्काको शव १६ सय किलोमिटर टाढा युनान प्रान्तको राजधानी खुनमिङस्थित छाङ्श्वे विमानस्थलमा शव वाहनद्वारा ल्याइएको बताइएको छ । खड्काको कोरोनाका कारण निधन नभएको बताइएको छ । उनी दश वर्ष देखी चीनमा ‘सेफ’सम्बन्धी काम गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस्