Saturday, July 31

कोरोनाबाट नेपालमा थप एक जनाको ज्यान गयो, ज्यान जानेको संख्या ५६ पुग्यो

July 31, 2020 178

ललितपुर-पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिला रहेकी छन् ।

उनको आज बिहान ९: १५ बजे मृत्यु भएको हो । साउन ६ गते अस्पताल भर्ना गरिएको थियो ।स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन सारिएको थियो

। उनमा निमोनियाको समस्या देखिएको थियो ।उनमा कोरोना संक्रमणको लक्षण पनि देखिएको र आईसीयूमा उपचाररत रहेको बेला उनको मृत्यु भएको पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले जनाए । । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्