Friday, April 23

समुदायमै कोरोना फैलिएपछि दुई साता फेरि लकडाउन गर्ने महानगरपालिकाको निर्णय

July 31, 2020 346

विराटनगर । विराटनगरमा समुदाय स्तरमै कोरोना फैलिएको छ । दिनहुँ संक्रमितको संख्या बढिरहेको छ । लकडाउन अन्त्य भएसंगै सर्वसाधारणको चहल पहल बढेपछि कोरोना संक्रमितको संख्या बढेको हो । अवस्था नियन्त्रण वाहिर जान लागेपछि महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) फैलिएको निष्कर्ष निकाल्दै महानगरपालिकाले लकडाउन पुन गर्नेे निर्णय गरेको हो । स्थानिय सरकारले कोरोना नियन्त्रणका लागि आफुहरुको पहलले मात्र सम्भव नहुने भन्दै केन्द्रिय सरकारलाई पनि सहयोगको अपिल गरेको छ । मेयर भीम पराजुलीले दुई साता फेरि लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए ।

नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले फेरि लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन वाहेक अन्य विकल्प नभएको निष्कर्ष सहित यस्तो निर्णय गरेको मेयर पराजुलीले बताए । लकडाउन शुक्रबार राति १२ बजेदेखि लागु हुने बताइएको छ ।

‘महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । विराटनगरमा प्रहरी, चिकित्सक र स्थानियमा कोरोना देखिएको छ । समुदाय स्तरमै फैलिएको कोरोना नियन्त्रणका लागि लकडाउनको विकल्प नभएको भन्दै यस्तो निर्णय गरिएको हो ।

 

प्रतिकृया दिनुहोस्