पर्सामा एकै दिन ३ जना कोरोना संक्रमितको शव ब्यबस्थापन गर्न लाग्दा स्थानीयले रोकेपछि झडप : ७ प्रहरी घाइते

August 1, 2020 247

वीरगञ्ज । पर्सामा ९ दिनमा ९ जनाको कोरोनाका कारण मृत्यु भएसँगै अवस्था भयाभह बन्दै गइरहेको छ । कोरोना संक्रमितहरुको संख्या बढेसँगै अस्पतालमा उपचार गर्ने शैयाको अभावमा होम आइसोलेसनमा नै राखेर उपचार थालिएका बेला शव ब्यबस्थापनमा पनि स्थानीयको विरोधका बिच शव ब्यबस्थापन गरिएको छ ।

शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीयहरु प्रर्दशनमा उत्रिएपछि झडप भएको छ । स्थानीय र प्रहरीबीच झडपमा परेर ७ प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार झडपका क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार भएको छ ।

जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शुक्रबार निधन भएसँगै शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपकाबिच पनि नेपाली सेनाले शव ब्यबस्थापन गरेको छ ।

प्रतिकृया दिनुहोस्