Wednesday, April 21

श्रीमान भारतमा छन्, पहिरोले श्रीमती दुई छोरा र १० महिनाकी छोरीको लियो ज्यान

August 1, 2020 439

काठमाडौं । गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा शुक्रवार आएको पहिरोले घर पुरिदा एकै परिवारका चार जनाको निधन भएको छ। पहिरोले घर पुरिँदा रूरूक्षेत्र ५ बम्घा आटीपाटाकी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ।

बिनाका पति राजु माझी (बोटे) भने रोजगारीको सिलसिलामा भारतमा छन्। उद्धारका प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

यो अर्को समाचार डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ। सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा न‌ं ५ जम्बुमा पहिरो प्रभावितलाई डिशहोमले राहत वितरण गरेको हो। पहिरो पीडित २८ घर परिवारलाई ४ लाख २० हजार रुपैयाँ रकम राहत स्वरुप उपलव्ध गराईएको छ।

डिशहोमका स्थानीय वितरक र प्रतिनिधी पहिरोबाट अति प्रभावित जम्बु पुगेर पीडित परिवारलाई सहयोग रकम उपलब्ध गराएका हुन्। सामाजिक उत्तरदायित्वलाई मनन गर्दै डिशहोमले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ। एसईई तयारी कक्षादेखि लकडाउनको समयमा विद्यार्थीहरुको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षा मार्फत प्रशारण गरिरहेको छ।

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक डिशहोमले ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरीय दृष्यसँगै सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत तिब्र रुपमा अगाडि बढाइरहेको छ।

प्रतिकृया दिनुहोस्