Friday, April 23

सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

August 2, 2020 414

काठमाडौं, साउन १८ । लामो समय देखि अभिनेता सबिन श्रेष्ठको प्रेममा रहेदै आएकी लोकप्रिय अभिनेत्री तथा मोडल अनु शाहले हालै एक तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन् । उनले प्रेमी सबिन श्रेष्ठको नाम लेखेर हातमा ट्याटु खोपेकी छिन् । लकडाउनमा प्रेमि सार्वजनिक गरेकी उनले बर्षौ देखि आफ्नो प्रेम गुपचुप राखेकी थिइन् ।

अनुले सबिनसँगको भिडियो कलको तस्बिर सार्वजनिक गर्दै सबिनसँगको प्रेम सार्वजनिक गरेपछि उनी चर्चामा रहे पनि पछिल्लो समय अनुले फिल्ममा भने उतिसारो काम पाएकी छैनन् । फिल्ममा काम नपाउनुलाई आँफु नचलेको भन्न नमिल्ने अनुको दाबी छ ।

फिल्ममा गुट गुटका मान्छेहरुले मात्रै काम पाउने हुँदा आँफु कुनै गुटमा पनि नरहेका कारण पनि केही असहज भएको तर म्यूजिक भिडियोमा निरन्तरको कामका कारण आँफु ब्यस्त रहेको अनु बताउँछिन् । अनुका बारेमा थप जानकारीका लागि यो भिडियो हेर्न सक्नुहुने छ ।

प्रतिकृया दिनुहोस्