Thursday, May 13

तिब्र गतिका २ मोटरसाइकल एक आपसमा बजारिए, २ जनाको मृत्यु

August 2, 2020 739

काठमाडौं, साउन १८ । सर्लाहीमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । घटना गएरातीको भएको प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरीका अनुसार लालबन्दी नगरपालिका( ५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट इसनाथ नगरपालिका – ७ का ५५ वर्षका नन्दकिशोर शाहको ज्यान गएको हो ।

दुर्घटनामा प्रदेश २(०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । मृतक दुवैको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो भने घाईते रौतहटका श्याम साहको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्