Thursday, May 13

काठमाडौंमा ३१ सहित २४६ नयाँ संक्रमित थपिए, हेर्नुहोस् जिल्लागत अवस्था

August 2, 2020 137

काठमाडौं । नेपालमा आइतबार २४६ जनामा कोरोना देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ८ हजार ८६१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना हुनेको संख्या २० हजार ३३२ पुगेको छ। जसमध्ये १४ हजार ६०३ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा एक सय ११ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ। यस्तै जना क्वारेन्टिनमा १० हजार ९३४ रहेका छन् । नेपालमा कोरोनाबाट हालसम्म ५७ जनाको निधन भएको छ। आइतवार संक्रमित हुने मध्य काठमाडौं उपत्यकामा ३१ नयाँ संक्रमित थपिएका छन् ।

पर्सा ८१, काठमाडौं २२, सुनसरी १२, मोरङ १६, धनुषा ३५, चिवतन १, महोत्तरी ५, सर्लाही २, बझाङ २, डोटी १२, कैलाली १०, ललितपुर ८, बर्दिया १, दार्चुला १, गोरखा १, रौतहट २, सिन्धुली १, भक्तपुर १, कास्की ५, बागलुङ १, लमजुङ ३, स्याङ्जा ८, तनहुँ २, बर्दिया ९, नवलपरासीपूर्व ३, रुपन्देही १ जनामा कोरोना देखिएको छ ।

प्रतिकृया दिनुहोस्