Tuesday, June 22

विराटनगरमा कोरोना संक्रमितलाई दिइएको खाजामा किरा भेटियो

August 3, 2020 154

विराटनगर । कोरोना संक्रमितलाई दिइएको खाजामा किरा भेटिएको छ । घटना हो विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रको ।

खानामा किरा भेटिएपछि संक्रमितहरुले विरोध गरेका छन् । पेशाले चित्सिक समेत रहेका ति संक्रमितले कोरोना संक्रमित भनेर हेला गरेर खानामा यस्तो लापरवाही गरिएको हुनसक्ने आशंका ब्यक्त गरे ।

यो समयमा प्रतिरोधक क्षमता बढाउने खाना दिइनुपर्नेमा चिल्लो–पिरो पुरी र तरकारी दिइएकोप्रति उनले प्रश्न गर्दै सुबिधा नभएको आरोप लगाएका छन् ।

केन्द्र संयोजक ज्ञानबहादुर बस्नेतले खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले भएको स्विकार्दै यो गल्ती हुन गएको बताए ।

उनले आगामी दिनमा यस्तो गल्ती नदोहोरे भन्दै भने कमसल खालको पुरानो केराउ परेको र राम्रोसँग केलाउँदा यस्तो हुन गएको हो ।

कोभिड–१९ उपचार केन्द्रमा संक्रमितलाई दिइने खाना स्वास्थ्य मापदण्डअनुरुप नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। चुमनलाल दासले अब सुधारिने समेत प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्