Friday, April 23

श्रीमतीले छोडेर गएपछी पिठ्युँमा छोरा बोकेर रिक्सा चलाउने अर्जुन र श्रीमती दुवै मिडियामा, श्रीमतीले रुँदै लगाईन यस्तो आरोप (भिडियो)

August 3, 2020 970

काठमाडौं । सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भएका छन । उनलाई श्रीमतीले छोडेर गएपछि २ वर्षका छोरालाई संघर्ष गर्दै हुर्काउदै छन् । उनको २ बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो ।

खेलकुदमा ताईकाण्डोका ३ डन समेत रहेका बिक लकडाउन मा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवारिक झगडाले श्रीमतीले छाडेर गएको बताए । श्रीमानको वारेमा यस्तो भिडियो सार्वजनिक भएपछि अर्जुनको श्रीमती पनि मिडियामा आएकी छन् । अर्जुनको श्रीमती मिडियामा आएपछि उनको साथीले उनीहरुबीचको सम्बन्धका बारेमा धेरैकुरा खुलाएकी छन् । उनले अप्ठेरो परेको बेलामा अर्जुनलाई श्रीमतीले छोडेर गएको बताएकी छन् । संगै कोठामा बस्ने गरेकी युवतीले अर्जुनको श्रीमतीको बारेमा बताएकी हुन् ।

कलाकार बन्ने चाहना बोकेर काठमाण्डौ आएका बिक एक बर्ष पहिले शुटिङ लाइनमा काम गर्ने गर्थे जीवनमा निकै दुस्ख पाए त्यसपछी उनले त्यही रिक्सामा कुरकुरे बेच्न थाले तर लकडाउनले उनको त्यो ब्यवसाय पनि बन्द भयो र अहिले केही काम नपाए पछी फर्निचरका सामान बोक्न थाले । त्यसै बेला कसैले उनको त्यो बच्चा बोकेको फोटो सामाजिक संजालमा भाईरल भयो ।

४ महिनाको बच्चा छोडेर माइत गएकी श्रीमतीलाई अर्जुनले छोराको लागि भन्दै श्रीमतीलाई बोलाएका थिए । तर केही समय बसेर फेरी उनी फर्केर गइन् । श्रीमानले बोलाएपछि उनी केही समय आएर गएकी हुन् । उनी अघिल्लो दिन सम्म उनी छोडेर गएकी हुन् । उनलाई जानु भन्दा अगाडी छिमेकी र श्रीमानले सम्झाएको पनि छिमेकीले बताएकी छन् ।

सूटिङ स्पटमा काम गर्ने बेला उनले नेपाली चर्चित कलाकार पल शाह देखी धेरै कलाकारलाई खाना खुवाएको भने । भबिस्यमा गायक बन्ने रहर भएको र रकम जम्मा भयो भने पक्कै एउटा गीत निकाल्ने उनले भने । पहिलो पटक रिक्सा चलाउन सिक्दा उनले निकै समस्या भोग्नु परेको थियो । खुट्टामा १० वटा टाँका लगाएको छ । धन्न त्यो दिन छोरालाई लिएर गएको थिइन्, मलाई मात्र चोट लाग्यो, उनले आफुलाई लागेको चोट देखाउँदै भने ।

उनले आफुले अहिले दुख गरेर कमाएको रकम छोराको भविष्यका लागि प्रयोग गर्ने बताएका छन् । आफ्नो गीत गाउने सपना पनि पुरा गर्न अहिले रिक्सा चलाउने काम थालेको बताएका छन् । उनले आफ्नो भविष्य यहि सानो छोरामा देखेका छन् । उनको अनुहारमा आउने मुस्कानले आफ्नो सबै दुख विर्सन्छन् । हामीले उनको जीवनको अतित बर्तमान र भबिस्यका बारेमा जिज्ञासा राखेका थियौं ।

प्रतिकृया दिनुहोस्