Wednesday, April 21

भारत र चीनबिच फेरि देखियो झडपको अवस्था, दुवै देशका सेना भए आमने सामने

August 4, 2020 673

भारत र चीनबिच फेरि देखियो झडपको अवस्था, दुवै देशका सेना भए आमने सामने, चीनले १७ हजार सैनिक तैनाथ गर्दा भारतले पनि सेनाको टी–९० ट्यांकर खडा गर्ेयो

काठमाडौं, साउन २० । चीन र भारतबिच सीमाना विबाद भइरहेका बेला लद्दाखमा भारत र चीनका सेना आमनेसामने भएका छन् ।

सीमामा चीनले १७ हजार सैनिक तैनाथ गरेको छ भने भारतले पनि सेनाको टी–९० ट्यांकर खडा गरेको समयमा दुवै देशका सेनाहरु आमनेसामने भउका हुन् ।

दुई पक्षबीच कमान्डरस्तरीय वार्ता भएको भएता पनि अहिले फेरी झडपको अवस्था देखिएको बताइएको छ ।

यसैबिच भारतले पनि काराकोरम दर्रे नजिक पेट्रोलिङ प्वइन्ट–१ देखि देपसाङ मैदानसम्म सैनिक तैनाथ गरेको आजतकले लेखेको छ ।

ति स्थानमा भारत र चीनका दुवै सैनिकहरुले गस्ती गरिरहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्