Thursday, April 15

कोरोना नियन्त्रणका लागि सरकारले अब लकडाउनमा कडाइ, कर्फ्यु लगाउनेदेखि सिलसम्म गर्न सक्छ

August 5, 2020 496

काठमाडौँ, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछिमात्र घर पठाइने बताउनुभएको छ । बाहिरबाट आउनेहरु आफै पनि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो ।

अहिलेको कोरोना संकट सल्टाउन सबैको भूमिका अनिवार्य रहने भएपनि सरकारको मात्र विरोध गर्ने र मान्छे भड्काउने काम उचित नरहेको उहाँले बताउनुभयो । “भयाभह स्थिति छँदैछ, सीमाबाट मान्छे स्वस्फूर्तरुपमा आउन दिने हो भने झन अवस्था विग्रन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “आउन दिने हो तर परीक्षण गरेर मात्र घर पठाउनुपर्छ, त्यसमा नागरिकले सहयोग गर्नुपर्छ ।

“जनताको जीवनभन्दा ठूलो कुरा केही होइन, हामी सबै त्यसमा केन्द्रित भएर अगाडि बढ्न जरुरी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कोभिड १९ को संयुक्त लडाईमा हरेक देशबासीले आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यक छ ।” कोरोना विरुद्ध ज्यान जोखिममा राखेर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्वयम्सेवकले भूमिका निर्वाह गरिरहनुभएको भन्दै उहाँले प्रसंशा गर्नुभयो । सरकारले २५ भन्दा बढी व्यक्तिलाई एक ठाउँमा जम्मा हुन नदिने भनेको भएपनि पार्टीभित्रै त्यसको अवमूल्यन भइरहेको बताउनुभएकोछ ।

प्रतिकृया दिनुहोस्