Wednesday, June 23

कोरोनाका कारण १८ वर्षीया युवतीको मृत्यु

August 5, 2020 523

वीरगञ्ज ।पर्सामा १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्यु पछि कोरोना पुष्टि भएको थियो । गत सोमबार मृत्यु भएकी उनी र्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीलाई पखाला लागेको थियो ।

अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मृत्यु पछि स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा गएराती उनको कोरोना रिर्पोट पाजेटिभ आएको थियो

प्रतिकृया दिनुहोस्