Tuesday, May 11

चकलेटी नायक आर्यन सिग्देलको आज जन्मदिन, बिहानैदेखि शुभकामना दिनेको ओइरो

August 5, 2020 647

काठमाडौं, साउन २१ । चलचित्र ‘किस्मत’ बाट डेब्यु गरेका चर्चित नायक आर्यन सिग्देलको आज जन्मदिन परेको छ । १९८४ अगस्ट ५ तारिखका दिन राजधानीको थानकोटका जन्मे हुर्केका उनको जन्मदिनको अवसरमा आज बिहानैदेखि शुभकामना दिनेको ओइरलो लागेको छ ।

दर्जनौ चलचित्रमा अभिनय गरेरे आफ्नो छुट्टै पहिचान बनाउन सफल नायक आर्यनलाई चलचित्र नगरीमा चकलेटी नायकका रुपमा पनि चिनिन्छ ।

मेरो एउटा साथी छ, सडक नाटक, मौसम, हिफाजत, फर्स्ट लभ, द फ्लाशब्याक , कोही मेरो, कसले चोर्यो मेरो मन, नोभेम्बर रेनलगायतका चर्चित हिट फिल्म दिएका आर्यनले विबाह पछिको केही समय भने चलचित्र क्षेत्रबाट छोटो समयका लागि विश्राम लिएपनि उनी फेरी अभिनयमा ब्यस्त बन्न थोलेका छन् । केहि समय अघि मात्रै छोराका पिता बनेका आर्यन पछिल्लो समय फिल्म चचहुईमा देखा परेका छन् ।

प्रतिकृया दिनुहोस्