Tuesday, May 11

लेबनानमा २७ सय ५० टनको ए’मोनियम नाइट्रेड बि’स्फोट, ७८ को मृत्यु, ४ हजार बढी घाइते (भिडियाे)

August 5, 2020 368

बेरुत — मंगलबार साँझ लेबनानको बेरुतमा भएको श’क्तिशाली वि स्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् । लेबनानका स्वास्थ्य मन्त्री घसान हज्बानीका अनुसार मंगलबार साँझ भएका दुई वटा श’क्तिशाली वि स्फोटमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने करिब ४ हजार जना घाइते भएका छन् ।

बि स्फोट भएको पदार्थ २७ सय ५० टन ए’मोनियम ना’इट्रेडको थियो । यो सरकारी पक्षबाटै स्वीकार भएको छ । यो असुरक्षित तवरले स्टोर गगरिएको कारण बि’स्फोट भएकोले ठूलो मानवीय क्षति भएको लेबनानका राष्ट्रपति राष्ट्रपति मिशेल एउनले बताएका छन् । उनले ट्वीट गर्दै असुरक्षित रुपमा बि स्फोटक ‘प’दार्थ राखिएको प्रति दुख पोखे । उनले ट्वीटमा भनेका छन्- ‘२७ सय ५० टन ए’मोनियम ना’इट्रेड असुरक्षित रुपमा स्टोर गरिनु अस्वीकार्य छ ।’ भिडियोमा बि’स्फोटपछि धुवाँको ठूलो मुस्लो उड्दै गरेको र आ’गो द’न्किरहेको देखिन्छ ।

लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबारदेखि ३ दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार गोदामको वरिपरि रहेका सबै भवनहरु ध्व’स्त भएका छन् । वि’स्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार उक्त वि स्फोट बेरुतको बन्दरगाह क्षेत्रमा भएको हो । पहिलो वि स्फोट भएको केही समयमा दोस्रो वि स्फोट पनि भएको बीबीसीले जनाएको छ । अधिकारीहरूले वि स्फोटमा ह’ताह’ती हुनेको संख्या निकै भएको हुन सक्ने अनुमान गरेका छन् । सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनमा राखिएका भिडियोमा निकै ठूलो धूवाँको मुस्लो उडेको तथा भौतिक संरचनामा निकै क्ष’ति भएको देखिएको छ ।

घटनालाई लिएर उनले बुधबार मन्त्रीपरिषदको आ’पतकालिन बैठक डाकेका छन्। उनले दुई साता देशमा आ’पतकालको घोषणा गर्नुपर्ने बताएका छन्। ‘हामीले जे देख्यौं त्यो एकदमै ठूलो वि’नाश हो’ लेबनान रेडक्रसका प्रमुख जर्ज केटानीले मायादिन नामको टेलिभिजनसँग भने, ‘त्यहाँ जताततै पीडित र घाइते छन्।’ त्यसैगरी लेबनानका प्रधानमन्त्री हसन डायबले देशसमक्ष घटनामा जिम्मेवारलाई कठघरामा उभ्याइने बताएका छन्। ‘यसमा जिम्मेबारहरूले यसको मूल्य तिर्नुपर्नेछ’, राष्ट्रलाई टेलिभिजनमार्फत गरेको टेलिभिजन सम्बोधनमा उनले भने। उनले घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लेबनान सरकारले राहत र उद्धारका लागि तत्काल एक सय अर्ब लिरा(करिब ८ अर्ब नेपाली रुपैयाँ) को प्याकेज घोषणा गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्