Friday, April 23

कञ्चनपुरमा आठ फिट लामो अजिङ्गर फेला परेपछि हेर्ने मानिसको भीड

August 5, 2020 2004

काठमाडौ, साउन २१ ।कञ्चनपुर कञ्चनपुरको बेदकोट नगरपालिका–८ गाउँजीमा मंगलबार लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीय मानप्रसाद भट्टको बारीको आँपको रुखमा आठ फिट सात इञ्च लामो र आठ किलो तौलको अजिङ्गर फेला परेको हो ।

चुरे वन क्षेत्रबाट आहाराको खोजीमा बस्तीमा अजिङ्गर आएको हुन सक्ने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले जानकारी दिए ।

स्थानीय बासिन्दाले अजिङ्गर फेला परेको बारे जानकारी दिइएपछि वन कार्यालय सुरक्षा शाखाका प्रमुख अर्जुन थापाको नेतृत्वमा गएको टोलीले अजिङ्गरको उद्धार गरेको उनले बताए । उद्धार गरिएको अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा छाडिएको छ ।

प्रतिकृया दिनुहोस्