Friday, April 23

मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु , अन्तिम संस्कार गर्न रोक्यो गाँउपालिकाले

August 5, 2020 192

राजविराज -मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–५ गढियाका एक व्यक्ति रहेका छन् ।होम क्वारेन्टाइनमा बसे पनि ४५ वर्षीय ती व्यक्तिले पीसीआर परीक्षण नगराएको बताइएको छ ।केही दिनदेखि ज्वरो देखिएका उनलाई मंगलबार अझ च्यापेको र दम बढेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो ।

त्यहा पनि उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएपनि अस्पताल पुग्ने बित्तिकै उनको मृत्यु भएको बताइएको छ ।परिवारले बुधबार बिहान शव गाउँ ल्याएर अन्तिम संस्कार गर्न लाग्दा गाउँपालिकाले रोकेको हो । स्वाब संकलनपछि मात्र उनको अन्तिम संसकार गर्न दिइने बताइएको छ ।

प्रतिकृया दिनुहोस्