Friday, April 23

एकै दिनमा काठमाडौँमा २ पटक भूकम्पको धक्का

August 5, 2020 390

काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र २ पटक भूकम्पको धक्का महशुस भएको छ ।

वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीका अनुसार बुधबार दिउँसो ४ बजेर २९ मिनेटमा ३।५ रेक्टर स्केलको भुकम्प गएको र उक्त धक्का केन्द्रबिन्दु ललितपुर जिल्लाको बंगलामुखी आसपास हो ।

त्यस्तै गएराती ११ बजेर २५ मिनेटमा पनि २ दमलव ५ रेक्टर स्केलको भूकम्प काठमाडौँ थापाथलीलाई केन्द्रबिन्दु बनाएर गएको थियो । योसँगै काठमाडौँ उपत्यकामा करिब १८ घण्टा भित्रमा २ पटक भूकम्पको धक्का महशुस गरिएको छ ।

प्रतिकृया दिनुहोस्