Friday, April 23

लेबननको राजधानी बेइरूतमा एक साता संकटकाल घोषणा

August 6, 2020 193

एजेन्सी – एक सयभन्दा बढीको मृत्यु तथा ४ हजारभन्दा धेरै घाइते हुने गरी भएको शक्तिशाली विस्फोटपछि लेबननको राजधानी बेइरूतमा संकटकाल घोषणा गरिएको छ ।

मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेवनानको राजधानी बेइरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो ।

बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो । मन्त्रिपरिषद् बैठकले राजधानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बेरुत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको विस्फोटबाट एक महिनाका लागि पुग्ने खाद्यान्नसमेत नष्ट भएको थियो ।

प्रतिकृया दिनुहोस्