Tuesday, June 22

कोरोना अस्पतालमा एक्कासी लाग्यो आगो, आत्तिएर ८ कोरोना संक्रमितको मृत्यु

August 6, 2020 333

काठमाडौं, साउन २२ । भारतमा कोरोना अस्पतालमा आगलागी हुँदा ८ जनाको ज्यान गएको छ । भारतको गुजरातस्थित अहमवाद सहरको नवरंगपुरस्थित सहरमा रहेको श्रेय अस्पतालमा बिहान ३ बजे भएको आगलागीमा परेर ८ बिरामीको मृत्यु भएको हो । आगलागी आगो एक घण्टामै नियन्त्रणमा लिइएको बताइएको छ ।

यसैबिच भारतमा कोरोनाबाट मर्नेको संख्या ४० हजार नाघेको छ । बुधबार मात्रै त्यहाँ ९ सय १९ जनाको मृत्यु भएपछि मृतकको संख्या ४० हजार ७ सय २७ पुगेको हो ।अहिले भातरमा ५ लाख ९५ बढी सङ्क्रमित अवस्था मै रहेका छन् ।

तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी १३ लाख २७ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा २४ घण्टाभित्र ६५ हजार ६ सय २६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । पहिलो पटक भारतमा यति धेरै संख्यामा संक्रमित फेला परेका हुन् । भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्