Saturday, July 31

खुशीको खबर, कर्णालीमा ३६ जनाले कोरोना जितेर घर फर्के

August 6, 2020 101

सुर्खेत । कर्णालीमा बिहीबार थप ३६ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्केका छन् । यो सँगै कर्णालीमा कोरोनालाई जितेर घर फर्कनेको संख्या १८०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

त्यस्तै कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा ४ जना कोरोनाका बिरामी फेला परेका छन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार संक्रमित थपिनेमा र्खेत, दैलेख, जुम्ला र मुगुका एकरएक जना रहेका छन् । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९६० पुगेको छ । त्यस्तै १४६ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्