Wednesday, April 21

यस्तो आयो प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट

August 7, 2020 813

काठमाडौँ, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । दैनिकजसो छलफल र भेटघाटमा व्यस्त रहनुहुने प्रधानमन्त्री ओलीको मङ्गलबार नै परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्रीको कोरोना परीक्षण रिपोर्ट बुधबार नै आएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रधानमन्त्रीसँगै नियमित सम्पर्कमा रहने प्रधानमन्त्रीका अङ्गरक्षकसहित केही सुरक्षाकर्मीहरूको पनि परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । “सबैको रिपोर्ट नेगेटिभ आएको छ” बजगाईंले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्